राप्ती, १४ माघ ।
लायन्स क्लब अफ भरतपुर हाइट र लायन्स क्लब अफ चितवन राप्तीको आयोजना तथा राप्ती नगरपालिकाको सहकार्यमा स्वास्थ्य शिविर गरिएको छ । राप्ती नगरपालिकाको वीरेन्द्रनगर माध्यमिक विद्यालयमा आयोजित स्वास्थ्य शिविरमा ५०० जना भन्दा बढीको नि:शुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण गरिएको छ ।
राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि फस्ट भिडिजी एमजेएफ लायन दिनानाथ न्यौपाने साथै अतिथिहरु सेकेन्ड भिडिजी एमजेएफ लायन नवराज सापकोटा, पिडिजीहरु एमजेएफ लायन रामप्रसाद भट्ट तथा एमजेएफ राजकुमार श्रेष्ठको गरिमामय उपस्थिथि थियो । डाक्टर लायन देजकुमार गौतम, डाक्टर लायन मारिया गौतम, डाक्टर लायन अगर श्रेष्ठ, डाक्टर जेनी श्रेष्ठलगायत स्वास्थ्यकर्मीको टोलीले नाक, कान, घाटी, आँखा, स्त्री रोग, हाडजोर्नीलगायत विविध स्वास्थ्य सेवा प्रदान गरेको थियो ।