मकवानपुर, ११ माघ ।
बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले विभिन्न ५ वटा निर्णय गरेकाे छ ।
बिहीबारकाे बैठकले समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत गरेकाे छ । यस्तै, चेपाङ समुदायको उत्थानका लागि “चिउरी र चमेरो संरक्षण कार्यक्रम संचालन निर्देशिका, बागमती प्रदेश स्तरीय ज्येष्ठ नागरिक नीति र शैक्षिक छात्रवृत्ति निर्देशिका स्वीकृत गरेकाे छ ।
यसैगरी बैठकले सञ्चार रजिस्ट्रारको कार्यालयका लागि भवन उपलब्ध गराउन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेकाे छ ।