माडी, ८ माघ ।
बालबालिकाहरुको शैक्षिक प्रोत्साहन गर्ने उद्देश्य बोकेको किवानीज क्लब अफ चितवनले माडी नगरपालिका-९ भालुखोलास्थित बाँदरझुलाका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिकसामग्री उपलब्ध गराएको छ । त्यहाँस्थित श्री जनजागृति आधारभूत विद्यालयका ५३ जना विद्यार्थीहरुलाई न्यानो कपडा, शैक्षिकसामग्री, खाजा साथै प्लेग्रुप र नर्सरी कक्षाका भाइबहिनीका लागि विभिन्न खेलकुद सामग्री वितरण गरिएको क्लबका सचिव रामचन्द्र पौडेलले बताए ।
स्थानीय समाजसेवी तथा अगुवा रामेश्वर चौधरी र माडी क्याम्पसका प्राध्यापक नारायणप्रसाद पौडेलको अनुरोध तथा किवानीज क्लब अफ चितवनका आगामी अध्यक्ष श्यामबन्धु पोख्रेलको संयोजकत्वमा विद्यालय छनोट भएको थियो । कार्यक्रममा किवानीज क्लब अफ चितवनका निवर्तमान अध्यक्ष मणिभद्र कँडेलले स्वागन्त मन्तव्य दिँदै आगामी दिनमा क्लबको तर्फबाट थप सहयोग हुनसक्ने समेत बताए ।
सोही क्लबका अध्यक्ष गुणराज पौडेलको सभापतित्व तथा स्थानीय जनप्रतिनिधि माडी नगरपालिका- ९ का वडा सदस्य मोहन स्याङ्तान प्रमुख अतिथि तथा किवानीज क्लब अफ चितवनका संस्थापक अध्यक्ष नारायण मल्लको विशिष्ट आतिथ्यता रहेको सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष भुजेल, प्रधानाध्यापक दण्डपाणि पण्डित, शिक्षक अभिभावक संघका अध्यक्ष भीमबहादुर गुरुङलगायत स्थानीय अगुवा एवम् विद्यालयका शिक्षकशिक्षिकाहरुको उपस्थिति थियो ।
सो कार्यक्रम सफल बनाउनका लागि क्लबका पूर्वअध्यक्ष कृष्णराज पौडेल, किवानिज चिल्ड्रेन फण्डका अध्यक्ष सरोज ज्ञवाली, बजार अध्यक्ष सुरेश गुप्ता, सदस्य सुरज सापकोटा तथा क्लबका सेक्रेटेरी रामचन्द्र पौडेललगायतका सदस्यहरुले विशेष भूमिका निर्वाह गरेको भन्दै क्लबका अध्यक्ष गुणराज पौडेलले धन्यवाद दिए ।