भरतपुर, ८ माघ ।
चितवन तथा नवलपुर क्षेत्रका २३ वटा लायन्स क्लबको संयुक्त आयोजनामा १२० जना दृष्टिविहीनलाई सेतोछडी वितरण गरिएको छ ।
देशका विभिन्न भागबाट आएका दृष्टिविहीनहरूको प्रत्यक्ष सहभागिता रहेको उक्त कार्यक्रमको अध्यक्षता लायन्स डिस्ट्रीक्ट ३२५ आरका प्रथम भिडिजी लायन दिनानाथ न्यौपानेले गरेका थिए ।
लायन प्रभाकर पण्डितको संयोजन तथा सञ्चालन रहेको उक्त कार्यक्रममा डिस्ट्रीक्टका द्वितीय भिडिजी लायन नवराज सापकोटा, पिडिजीहरू लायन रामप्रसाद भट्ट र राजकुमार श्रेष्ठसहित करिव २५० जनाको सहभागिता रहेको थियो ।
२३ वटा लायन्स क्लब र नेपाल लायन्स फाउन्डेसनको सहयोगमा आयोजित उक्त कार्यक्रममा दृष्टिविहीन तथा उनीहरूका सहजकर्तालाई लायन्स क्लब अफ भरतपुर हाइटले भोजनको व्यवस्था गरेको थियो । लायन्स क्लबहरूसँग समन्वयकारी भूमिका अपाङ्गता संरक्षण नेपालका अध्यक्ष दृष्टिविहीन विरोध खतिवडाले गरेका थिए ।