देवचुली, ७ माघ ।
देवचुली नगरपालिकाका सम्पूर्ण शैक्षिक संस्थाहरूमा ३ दिन जाडो बिदा दिइएको छ । सामुदायिक विद्यालयहरुमा पुस २७ देखि माघ ७ गतेसम्म बिदा दिइएकोमा थप ३ दिन बिदा दिइएको साथै सञ्चालनमा रहेका संस्थागत विद्यालयहरुमा ३ दिन जाडो बिदा दिइएको हो ।
नगर उपप्रमुख पार्वता तिवारीद्वारा जारी सूचनामा अत्यधिक जाडो बढ्दै गएको हुनाले विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै माघ ८ गतेदेखि माघ १० गतेसम्म नगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा जाडो बिदा दिइएको जनाइएको छ ।