मकवानपुर, ७ माघ ।
मकवानपुरको भीमफेदी गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता प्रदान गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको अभियान तथा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको पहल र भीमफेदी गाउँपालिकाकाे समन्वयमा १ जना जन्मजात पूर्ण शारीरिक अपाङ्गता र १ जना मानसिक अपाङ्गता भएकालाई घरमै नागरिकता प्रदान गरेको हो ।
नागरिकता प्राप्त गर्नेमा भीमफेदी गाउँपालिका वडा नम्बर ८ इपाका बिर्खबहादुर थिङको २० वर्षीया छोरी सुनिता थिङ र १६ वर्षीय छोरा सुरेन्द्र थिङ रहेका छन् ।
उनीहरुलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सरोज पौडेल, नायव सुब्बा सहदेब आचार्य र अस्विनी कुमार अर्यालको टोलीले घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
आर्थिक अवस्था कमजोर रहेका दुर्खा बहादुरले छोरा छोरीको नागरिकता बनेपछि खुशी ब्यक्त गरे । ‘आर्थिक नहुँदा लालनपालनमा समस्या छ, नागरिकता बनेपछि भने अपाङ्ग भक्ता पाउने आशा गरेको छु’, दुर्खा बहादुर भने, ‘सरकारबाट केही रकम सहयाेग भए धेरै सजिलो हुनेथियो ।’