काभ्रे, ७ माघ ।
`हामी र हाम्रो कृति´ समूहको एघारौँ कृति समूहकी कोषाध्यक्ष कृतिकार सुभद्रा अधिकारीको कृति मुक्तकसङ्ग्रह `शुभारम्भ´ उनकै जन्मथलो बनेपा, काभ्रेस्थित अरनिको पार्टी प्यालेसमा शनिबार विमोचन भएको छ । हामी र हाम्रो कृति समूहका वरिष्ठ सदस्य सुरेशराज वैद्यको असामयिक भएको निधनप्रति दुःख प्रकट गर्दै उनको सम्झनामा एक मिनेट मौनधारण गर्दै राष्ट्रिय गानबाट सुरू गरिएको उक्त कार्यक्रमको अध्यक्षता अक्षरमार्गका सूर्यप्रसाद लाकोजुले गरेका थिए ।
प्रमुख अतिथिको आसनमा डा. शैलेन्दुप्रकाश नेपाल रहेका थिए । त्यसैगरी विशिष्ट अतिथिको आसनमा वरिष्ठ मुक्तककार, कथाकार एवं कुशल प्रशिक्षक राजन सिलवाल, वरिष्ठ साहित्यिक पत्रकार तथा जनमतका प्रधान सम्पादक मोहन दुवाल, लेखक तथा नागरिक आवाजका प्रधान सम्पादक मधुसुदन पाण्डे थिए । अतिथिको आसनमा साहित्यकार प्रा. डा. दिनेश पन्थी, वरिष्ठ लोक गायक मच्छेश्वर सापकोटा, माधवप्रसाद अधिकारी, रामप्रसाद अधिकारी, श्यामप्रसाद पाण्डे र कृतिकारका श्रीमान जगतप्रसाद थपलिया थिए ।
लोकार्पित कृति शुभारम्भ मुक्तकसङ्ग्रहको समीक्षा डा. सीता सुवेदी पन्थीले गरेकी थिइन् ।
उक्त कार्यक्रममा समूहका तर्फबाट हामी र हाम्रो कृति समूहका अध्यक्ष मदनप्रसाद नेपाल र बद्री उप्रेतीले कृतिकारलाई बधाई तथा कृति सफलताको शुभकामना दिँदै आगामी दिनमा हामी र हाम्रो कृति समूहको रणनीतिक योजनाबारे प्रकाश पारेका थिए ।
विभिन्न संघ संस्थाका प्रतिनिधि, बुद्धिजीवी, प्राध्यापक , समाजका गन्यमान्य व्यक्तित्व साथै साहित्यानुरागी मनहरूको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन भुवन सिवाकोटीले गरेका थिए भने स्वागत मन्तव्य अमृता अधिकारीले राखेकी थिइन् । त्यसैगरी मन्तव्य दिनेमा डा. शैलेन्दुप्रकाश नेपाल, सूर्य लाकोजू, राजन सिलवाल, मोहन दुवाल, मधुसुदन पाण्डे, दिनेश पन्थी, सुभद्रा अधिकारी, श्याम पाण्डे, मच्छेश्वर सापकोटा र जगत प्रसाद थपलिया थिए । उक्त कार्यक्रममा उपस्थित भएका सर्जकहरु मध्यहरूबाट १४ जना स्रष्टाहरूले लोकार्पित कृतिबाटै मुक्तक वाचन गरेका थिए ।