पोखरा, ६ माघ ।
पोखरेली युवा सांस्कृतिक परिवारले समता काव्य सन्ध्याको ३६५ औं शृङ्खला सम्पन्न गरेको छ ।
कार्यक्रममा कवि विमल वैद्य सन्ध्या नायक रहेका थिए । कवि विमल वैद्यको `यादको तटमा उभिएर´ कविता सञ्चयन भर्खरै बजारमा सार्वजनिक भएको छ । जसलाई पेज टर्नरले प्रकाशित गरेको हो । कवि वैद्यले आफ्ना लेखनका अनुभूतिसँगै नवीतम पुस्तकबाट आफ्ना केही कविताहरु वाचन गरेका थिए ।
कार्यक्रममा प्राज्ञ रमेश श्रेष्ठ, डा. ईश्वरमणि अधिकारी, लक्ष्मण थापा, रुपिन्द्र प्रभावी, प्रतिभा तिमिल्सिनालगायतले रचना वाचन गरेका थिए ।
वरिष्ठ साहित्यकार सरुभक्त प्रमुख अतिथि रहेको कार्यक्रममा संस्थाका उपाध्यक्ष कवि रीता अधिकारी ऋतुले स्वागत मन्तव्य राखेकी थिइन् । संस्थाका अध्यक्ष उपेन्द्र पौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम संस्थाका सहसचिव शिव त्रिपाठीले सञ्चालन गरेका थिए ।