पोखरा, ६ माघ ।
नेपाली लेखक संघ कास्कीको आयोजनामा कवि भगवती बस्नेतको छन्द कवितासङ्ग्रह `विश्वम्भरा´को विमर्श कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख अतिथि वरिष्ठ साहित्यकार सरुभक्त रहेको कार्यक्रममा कवि भगवती बस्नेतको पुस्तकमाथि कवि तारानाथ पराजुलीले परिचर्चा गरे ।।त्यसैगरी कविहरु शिव त्रिपाठी, शुभ शर्मा र निकेश गिरीले पुस्तकबाट एकएक थान कविता वाचन गरे । कार्यक्रममा `छन्द बचाऔँ´ अभियानका नायक माधव वियोगी, नेपाली लेखक संघ गण्डकीका अध्यक्ष डा. ईश्वरमणि अधिकारी, नेपाली लेखक संघका केन्द्रीय सचिव डा. गणेश शर्माले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्रष्टा भगवती बस्नेत र प्रमुख अतिथि प्राज्ञ सरुभक्तले आफ्नो महत्वपूर्ण विचार राखेका थिए ।
संस्थाका अध्यक्ष कवि रीता अधिकारी ऋतुको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम संस्थाका सचिव प्राञ्जलले सञ्चालन गरेका थिए ।