भरतपुर, ६ माघ ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आर नेपाल क्लस्टर नम्बर ४ अन्तर्गतका लायन्स क्लबहरुको संयुक्त रक्तदान कार्यक्रम माघ ६ गते शनिवार सम्पन्न भएको छ । नारायणगढको शहिदचोकमा सम्पन्न उक्त कार्यक्रममा लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरका फस्ट भाईस डिष्ट्रिक्ट गभर्नर दिनानाथ न्यौपाने प्रमुख अतिथि रहेका थिए । न्यौपानेले रक्तदातालाई रक्तदान गर्ने पोका हस्तान्तरण गरेर शुरु गरेको कार्यक्रममा कूल १२० जना रक्तदाताले रक्तदान गरे ।
देशकै केन्द्रबिन्दुमा रहेको र धेरै अस्पताल रहेको चितवनमा पछिल्लो समय रगतको अभावको खबर आईरहने भएकाले लायन्स क्लबहरुको सक्रियतामा यस्ता कार्यक्रमहरु आयोजना गरिराखिएको प्रमुख अतिथि न्यौपानेले बताए । उनले आयोजक क्लवहरुलाई आभार प्रकट गरे ।
लायन्स तथा लियो क्लवहरुको संयुक्त आयोजना भएको सो कार्यक्रमको संयोजन लायन्स क्लब अफ नारायणगढ़ नारायणीले गरेको थियो भने सह-संयोजन लायन्स क्लब अफ नारायणी क्रियटिभले गरेको लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरका डिष्ट्रिक्ट एक्जीक्यूटिव कोचिफ तथा आयोजक क्लव मध्यका एक लायन्स क्लब अफ नारायणगढ़ बालकुमारीका पूर्वअध्यक्ष बाल गोपाल चुकेले बताए ।