भरतपुर, ६ माघ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५९ औं वार्षिकोत्सवको अवसरमा शनिवार भरतपुरमा प्रभातफेरी कार्यक्रम गरिएको छ । चौबिसकोठीस्थित भरतपुर शाखाबाट सुरु गरिएको कार्यक्रम नारायणगढको पुलचोकमा पुगेर सम्पन्न भएको थियो ।
प्रभातफेरी कार्यक्रममा जिल्लास्थित सम्पूर्ण शाखाका कर्मचारीहरुको सहभागिता रहेको भरतपुर शाखा प्रवन्धक सबिनराज अधिकारीले जानकारी दिए । उनले ग्राहकमैत्री सेवा र व्यवहारलाई प्राथमिकतामा राख्दै भरतपुर शाखा नयाँ भवनबाट सञ्चालनमा आएको जानकारी पनि दिए । पुरानो भवन जीर्ण बन्नुका साथै पार्किङलगायतको समस्या हुुँदा नजिकै नयाँ स्थानबाट सेवा सुरु गरिएको उनको भनाई थियो ।
कार्यक्रममा सेवाग्रहीहरुलाई बैंक तथा आर्थिक कारोवारको विषयमा सजग गराउने प्लेट कार्डहरू प्रदर्शन गरिएको नारायणगढ शाखा प्रमुख रोम सिलवालले जानकारी दिए । `देखासिकिमा खर्च गर्न हौसिने बानीलाई निरुत्साहित गरौं, नोटमा केही नलेखौं नोट सफा राखौं, कमाई नहेरी खच बढी गर्नेले दुःख पाउँछ फजुल खर्च गर्नेले, अबको बैंकिङ मोवाइल बैंकिङ´ जस्ता नाराहरु समेटिएको प्लेकार्डसहित कर्मचारीहरुको प्रभातफेरीमा सहभागिता रहेको थियो ।
वि.सं. २०२२ माघ १० गते स्थापना भएको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ६ दशक लामो सेवा अवधि पूरा गरेको छ ।