खैरहनी, ६ माघ ।
सैनिक आवासीय महाविद्यालय चितवनबाट विभिन्न बाह्य प्रतियोगिताहरुमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई विहानी प्रार्थना सभामा एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।
खैरहनी नगरस्तरीय एवं १६ औं चितवन जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता, पि.एफ.सी. इमर्जीङ कप फुटबल प्रतियोगिता, खिचरा महोत्सवको अवसरमा आयोजित जिल्ला स्तरीय चित्रकला प्रतियोगिता , ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा सैनिक श्रीमती संघद्वारा आयोजित कविता र चित्रकला प्रतियोगितालगायत विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरुलाई महाविद्यालयका प्रिन्सिपल बाबुराम बन्जाडे र प्रमुख व्यवस्थापक प्रमुख सेनानी राममणि सापकोटाबाट संयुक्तरुपमा सम्मान गरिएको हो ।