भरतपुर, ५ माघ ।
परोपकारमुलक काम गर्ने उद्वेश्यले महिला दिदिबहिनीद्वारा स्थापित स्पन्दन नेपालले शुक्रबार देवघाटको गलेश्वर आश्रममा आश्रित बटुक तथा जेष्ठ नागरिकहरुलाई भोजन गराएको छ ।
आश्रममा रहेका तीन सय भन्दा बढी बटुक तथा जेष्ठ नागरिकलाई संस्थाले भोजन खुवाएको हो । संस्थाका अध्यक्ष अनिता खनालले सामाजिक उत्तरदायित्व अन्तरगत रहेर संस्थाले विभिन्न सेवाका कार्यहरू गर्दै आइरहेको बताइन् । संस्थाका सल्लाहकार रन्जु मैनालीको सयोजकत्वमा सम्पन्न कार्यक्रमको सहजीकरण संस्थाका सचिव बिमला दाहालले गरेकी थिइन् ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष मन्जु पाठक, सह सचिव शोभा वास्तोला, निवर्तमान अध्यक्ष इन्दिरा भुषाल, सदस्यहरु विमला घिमिरे, पार्वती गुरुङ, सकुन्तला धरेल, सल्लाहकार गोमा भट्टराई, साधारण सदस्य लक्ष्मी ढकाललगायतको उपस्थिति रहेको थियोे ।