चितवन १० मंसिर
नेपाली काँग्रेसका तर्फ बाट चितवन क्षेत्र नम्बर २ ख प्रदेश सभाका उम्मेदवार प्रकाश अधिकारीले नेपाली काँग्रेको नेतृत्वमा शान्ति र संबिधान देशले पाएको भन्दै अधिकार र कर्तव्य बुझेक प्रतिनिधि बाट मात्रै त्यसको कार्यान्वयन हुने बताउनु भयो ।
बाम एकता पछि काँग्रेसी जन भित्र जागेको एकताका कारण अहिलेको निर्वाचनमा कुनै पनि शक्तिले काँग्रेसको जितलाई रोक्न नसक्ने बताउनु भयो । जनता शिक्षित भएको भन्दै अधिकारीले जनताको अधिकार रक्षाका लागि शिक्षित व्यक्तिनै खोज्ने बताउनु भयो । आज भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुरका बिभिन्न स्थानमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । नेपाली काँग्रेस हरेक जनताको सारथि भएको भन्दै उहाँले सो सारथिको प्रतिनिधिलाई बिजयी गराउनु उनिहरुको धर्म भएको बताउनु भयो ।
स्थापन देखि अहिले सम्म काँग्रेस नागरिकको सर्बोच्चताका लागि लडेको बताउँदै अधिकारीले राजनैतिक अधिकार प्राप्ती पछि जनतालाई सम्बृद्धि र बिकासमा साथ लिएर अघि बढ्ने बताउनु भयो । निकै उत्साहि मुद्रामा जिल्ला स्तरीय नेताहरुको सहभागिताले घर दैलो कार्यक्रम थप रोचक बनएको थियो ।
अधिकार र कर्तव्य बुझेका प्रतिनिधबाट मात्रै बिकास सम्भब ः प्रकाश अधिकारी
अधिकार र कर्तव्य बुझेका प्रतिनिधबाट मात्रै बिकास सम्भब ः प्रकाश अधिकारी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस