मकवानपुर, ५ माघ ।
मकवानपुर प्रहरीले लागुऔषधसहित २ जनालाई नियन्त्रणमा लिएकाे छ । शुक्रबार बिहान ९ बजे हेटौंडा १५ राताेमाटेबाट उनीहरुलाई नियन्त्रणमा लिइएकाे हाे ।
हेटौंडा १५ रातोमाटेस्थित पूर्वपश्चिम सडकखण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले बिरगंजबाट हेटौंडातर्फ जादै गरेको बा.प्र.०१ -००१ ख ५८६८ नम्बरको ईलोक्ट्रोनिक गाडी जाँच गर्दा व्यास नगरपालिका ६ बस्ने ३२ वर्षीय बम बहादुर विक तथा देवचुली नगरपालिका ७ नवलपरासी बस्ने ३० वर्षीय अर्जुन विकलाई नियन्त्रणमा लिइएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
बम बहादुरले दुबै खुट्टाको घुडा मुनि र तिघ्रामा टेपले बेरेर लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध डाईजेपाम -२५ एम्पुल, फेनारगन -२५ एम्पुल, नुफिन-२५ एम्पुल तथा अर्जुनले कम्मरको भागमा लुकाई छुपाई राखेको अवस्थामा डाईजामाप – ६ एम्पुल, फेनारगन-६ एम्पुल, नुफिन-६ एम्पुल फेला पारी लागुऔषधसहित दुबै जनालाई नियन्त्रण लिइएकाे मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।
लागुऔषधसहित नियन्त्रणमा लिइएका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।