भरतपुर, १ माघ ।
विगत दुई दशकअघि झापा दमकबाट चितवन आई समाजसेवामा संलग्न समाजसेवी तारा काफ्लेको ५२ वर्षको अल्पायुमा निधन भएको छ । पुर्बेली समाज चितवनको संस्थापक कोषाध्यक्ष, लाइन्स क्लब भरतपुर हाइटको अध्यक्षलगायत विभिन्न संङ्घ संस्थामा आबद्ध भएर समाजसेवामा सक्रिय थिइन् । काफ्ले चितवन साहित्य परिषद्को आजीवन सदस्यका साथै भवननिर्माणको क्रममा प्रमुख चन्दादातासमेत थिइन् ।
होटल तथा पर्यटन व्यवसायी, दुई छोरी, एक छोराकी ममतामयी माता कफ्लेको अकल्पनीय निधनले घरपरिवार मात्रै होइन भरतपुर महानगरले नै एक असल आदर्श, समाजसेवी गुमाएको अनुभूति भरतपुरवासीले गरेको पुर्बेली समाज चितवनका सचिव पदम अर्यालले बताए ।
क्यान्सर रोगको उपचार गराउने क्रममा गत पुस २७ गते भारतको नयाँदिल्लीमा निधन भएकी काफ्लेलाई पुस २९ गते देवघाटमा अन्त्येष्टि गरिएको हो ।