भरतपुर मन्सिर १० / देशका ३२ जिल्लामा पहिलो चरण अन्तरगतको प्रतिनिधि सभा एबम प्रदेश सभा चुनाब आज सम्पन्न भैरहदा चितवनमा भने चुनाब आउने दिन अझै ११ दिन बाकी छ । यश बिचमा उम्मेद्वारको घरदैलो अभियान जारी छ । लोकतान्तृक गठबन्धनले आफ्नो घरदैलो अभियानलाइ तिब्र बनाएको छ ।
लोकतान्त्रिक गठबन्धनले आज भरतपुर २० लगाएतका क्षेत्रमा घरदैलो गरेको छ । वडा न २० मा थारु बहुत्ल्यता बडि भएकाले पनि थारु समुदायको भोट पनि एउटा जित्ने आधार रहेको उम्मेद्वार बताउछन । आज लोकतान्तृक गठबन्धनका साझा उम्मेद्वार बिक्रम पान्डे र दिनेश कोइरालालाइ थारु समुदायले भब्य स्वागत गरेका छन । उनिहरुले आफ्नो धर्म सस्कृती लाई उपयोग गरि पर्यटन उद्योगलाइ बिस्तार गर्न उम्मेद्वार सामु आग्रह गरेका छन । उनिहरुले आफुहरुको जीवन स्तरमा बृद्दी , उचित शिक्षा ,स्वास्थ्यको ब्यबस्था गर्न माग समेत गरेका छन ।
लोकतान्तृक गठबन्धनका प्रतिनिधि सभा सदस्य साझा उम्मेद्वार दिनेश कोइरालाले थारु समुदाय सङ्ग आफ्नै सस्कृतिको अथाह धरोहर भएको भन्दै त्यसको समुचित उपयोग र थारु समुदायको जिबनस्तर उकास्न काम गर्ने जिकिर गर्नु भयो । “तपाईं हामिलाइ २१ गते सम्म साथ दिनुस ५ बर्ष सम्म उदाहरणिय काम गरेर तपाइहरुलाइ आहा कति काम गर्ने उम्मेद्वार लाई जिताएछु भन्ने सोच्न बाध्य बनाउछु । म काम गर्छु गर्छु । ´´
कोइरालाले थारु सस्कृती साच्चिकै विशेष र परापुर्बदेखीको भएको बताउनु भयो ।
त्यस्तै बिक्रम पान्डेले यहाको बिकास र समृद्दीका लागि बिगत बाट लागि रहेको र अझै पनि लागि रहने जिकिर गरे ।