मकवानपुर, २९ पुस ।
नेपाल आइडलको पाँचौ सिजनको हेटौंडा अडिसन माघ २ गते हेटौंडामा हुँदैछ । हेटौंडा ९ स्थित कृष्ण आदर्श इङ्लिस बोर्डिङ स्कुलमा हुने अडिसनको तयारी अन्तिम चरणमा रहेको आयोजकले बताएको छ ।
पुस २१ गतेदेखि झापाबाट सुरु भएको सिजन ५ को अडिसन हेटौंडामा हुने भएपछि यस क्षेत्रका संतीतप्रेमीहरु उत्साहित छन् । नेपाल आइडल सिजन ५ मा न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा निर्णायकको भूमिकामा रहेका छन् ।
नेपाल आइडल गायकको खोजी गर्ने उपयुक्त प्लेट फर्म हो । नेपाल आइडल सिजन १ देखि ४ सम्म क्रमशः बुद्ध लामा, रवि ओड, सज्जा चौलागाईं र भूपेन्द्र थापा मगर बिजयी भएका हुन् ।