भरतपुर, २८ पुस ।
रोटा वर्ष २०२४/२५ का लागि रोटर्याक्ट क्लब अफ भरतपुरको अध्यक्ष पदमा रोटर्याक्टर सविन पौडेल चयन भएका छन् । जनवरी १३ मा सम्पन्न क्लबको दोस्रो अधिवेशनबाट पौडेल अध्यक्षमा मनोनित भएका हुन् ।
नेपाल विद्यार्थी संघ-एनपिआई एकाइका अध्यक्ष समेत रहेका पौडेल जेसीज नारायणगढ र लायन्स क्लब अफ नारायणगढ बालकुमारी जस्ता सामाजिक संस्थाहरुमा सदस्यका रुपमा आवद्ध छन् । व्यावसायिक तवरले उनी हिमालय वयलनेस कम्पनीमा एमआर हुन् । यसका साथै उनी पोल्ट्री र ट्राभल्स व्यावसायमा पनि संलग्न छन् ।
कार्यक्रममा विभिन्न समितिका प्रमुखहरुले यस रोटा वर्षमा अहिलेसम्म पूरा भएका कामहरुको प्रतिवेदन निर्माण गरेर अधिवेशनमा पेश गरी सर्वसम्मत रुपमा पास गराएका थिए ।
क्लब अधिवेशन उपाध्यक्ष रोटर्याक्टर सन्ध्या सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा रोटर्याक्ट क्लब अफ भरतपुरका पूर्व अध्यक्ष रोटर्याक्टर मन्दिपमान श्रेष्ठ साथै क्लबका अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।