भरतपुर, २८ पुस ।
चितवन जिल्लाका पुस्तक तथा स्टेशनरी व्यवसायीका छोराछोरीलाई सम्मान गरिएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ चितवन शाखाको १५औँ वार्षिक साधारणसभा एवम् १८औँ स्थापना दिवसका अवसरमा विद्यार्थीलाई सम्मान गरिएको हो ।
गत वर्षको एसईईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी (पुस्तक तथा स्टेसनरी व्यवसायीका छोराछोरी) र अभिभावकलगायतलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा एकता शिशु निकेतन रत्ननगरकी कृतिका पौडेल (३.८५%), लिटिल फ्लावर स्कुल नारायणगढकी युभी अग्रवाल (३.७%), श्री नारायणी नमूना मावि भरतपुरकी विद्या खनाल (३.७५), श्री लक्ष्मी मावि जगतपुरका दिक्षित पाठक (३.६५%) र सोही विद्यालयका एञ्जल ढकाल (३.७५%) रहेका छन् ।
नारायणगढस्थित पर्व ब्याङ्क्वेटमा गरिएको कार्यक्रममा महासंघ चितवन शाखाका अध्यक्ष परमेश आचार्य र प्रमुख अतिथि भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र तिनका अभिभावकलाई सम्मानपत्रले सम्मान गरेका हुन् ।