भरतपुर, २८ पुस ।
नेपाल घरबाहल उपभोक्ता मञ्च चितवनको दुई वर्षे कार्ययोजना गोष्ठी शुक्रबारदेखि मेघाैलीमा सुरु भएकाे छ । मञ्चका अध्यक्ष जनकलाल कट्टेलकाे अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष हेमराज पाैडेल प्रमुख अतिथि रहेका थिए ।
कार्ययाेजना गोष्ठीमा नेपाल बार एशाेसिएसनका पूर्व अध्यक्ष गाेपीलाल देवकोटा र हाेटल व्यवसायी महासंघका पूर्व उपाध्यक्ष ईमान्दु बराल प्रशिक्षक छन् । शनिबारसम्म चल्ने गोष्ठीकाे उद्घाटन कार्यक्रममा बाेल्दै प्रमुख अतिथि पाैडेलले व्यवहारमा कार्यान्वन गर्न नसक्ने महत्वाकांक्षी याेजना बनाउन नहुने बताए । संस्थाकाे क्षमता अनुसार कार्यक्रम तथा याेजना निर्माण गर्न उनले आग्रह गरे ।
मञ्चका पूर्व अध्यक्ष प्रभात ढुंगानाले संस्थाकाे स्थापनाकालदेखि हालसम्मकाे अवस्थाकाे विषयमा जानकारी गराए । मञ्चका निवर्तमान अध्यक्ष ख्याम
नारायण पराजुलीले आफ्नाे कार्यकालमा निर्माण भएका, पूरा भएका र हुन नसकेका कामकाे समीक्षा गरेका थिए । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष हरि शर्मा पाैडेल, मञ्चका पूर्व उपाध्यक्ष गणेशप्रसाद पाैडेललगायतले शुभकामना मन्तव्य राखेका थिए । याेजना तर्जुमा तथा प्रशिक्षण कार्यक्रमकाे संयाेजकमा मञ्चका वरिष्ठ उपाध्यक्ष एवं विवाद समाधान समितिका संयाेजक गणेशप्रसाद उपाध्याय पाैडेल रहेका छन् ।