मकवानपुर, २८ पुस ।
भीम विराग साहित्य कला प्रतिष्ठान नेपाल र गुन्जन नारी साहित्य संस्था काठमाडौको संयुक्त आयोजनामा हेटौंडामा कवि गोष्ठी गरिएको छ ।
शुक्रबार हेटौंडामा आयोजना गरिएको कवि गोष्ठीमा मकवानपुरका तथा गुन्जनमा आबद्ध समेत करिब ३ दर्जन सर्जकहरुले रचना वाचन गरेका थिए ।
गुञ्जनका तर्फबाट जलेश्वरी श्रेष्ठ, हिरण्यकुमारी श्रेष्ठ, सुलोचना मानन्धर, सुस्मिता नेपाल, पद्मावती सिंह, सन्ध्या पहाडी, डा. रेणुका सोलु, डा. रजनी ढकाल, विन्दु सुवेदी, रुकु कार्की, सावित्री श्रेष्ठ, मन्जिला शर्मा, कमला रिसाल, रीता खत्री, रश्मि रिमाल, शान्ता शाक्य, उषा केसी, विमला कार्की, निर्मला फुँयाल, यशोधा अधिकारी, गीता कार्कीले कार्यक्रमा सहभागी जनाएका थिए ।
यसैगरि मकवानपुरका आरआर चौलागाईं, हयग्रीव आचार्य, भावना सापकोटा, पूर्णकला घिमिरे, सविता तिमल्सिना, सानू खनाल, हरिकृष्ण काफ्ले, रजनी पौडेल, गीताकुमारी न्यौपाने, जयन्ती आचार्य , गोपिनी गौतम, दिनेश शर्मा, किशन पौडेल, अश्लेषा अधिकारीले आआफ्ना रचना सुनाएका थिए ।
गोष्ठीमा आठ दशक छुनै लागेकी पद्मावती सिंहले गीत गाउँदा ७३ वर्षीय शुशिला पाण्डे मानन्धरले भीम विरागसँग कुनै समय अभ्यास गरिएको तर रेकर्ड हुन नपाएको गीत सुनाइन् ।
कार्यक्रममा बालजागृति माध्यामिक विद्यालय कक्षा ४ मा अध्ययनरत छात्रा अश्लेषा अधिकारीले `तिमिले त होइन तिम्रा आँखाहरुले….´ गीत संगीत मै प्रस्तुत गरिन् ।
प्रतिष्ठान अध्यक्ष केशवलाल श्रेष्ठ तौजको अध्यक्षता तथा प्रतिष्ठानका सल्लाहकार सुशीला पाण्डे मानन्धरको प्रमुख आतिथ्यमा भएको गोष्ठीमा विशिष्ट अतिथि जलेश्वरी श्रेष्ठ गुञ्जनका अध्यक्ष, अतिथि पद्मावती सिंह गुञ्जन संस्थापक अध्यक्ष र कार्यक्रमको सेतु आरआर चौलागाईं रहेका थिए ।
प्रतिष्ठानका सदस्य गोपिनी गौतम ढकालले स्वागत गरेको गोष्ठीमा कार्यक्रम अवधारणा गुञ्जन महासचिव सुस्मिता नेपालले राखेकी थिइन् । गोष्ठीको सहजीकरण प्रतिष्ठानका महासचिव छवि अनित्यले गरेका थिए ।