भरतपुर, २४ पुस ।
एसओएस हर्मन माइनर स्कुल भरतपुरको वार्षिक खेलकूद सप्ताह सोमबारदेखि सुरु भएको छ । भरतपुर महानगरपालिकाका उपमेयर चित्रशेन अधिकारीले ओलम्पिक टर्च बालेर उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् ।
पुस २३ गतेदेखि २६ गतेसम्म चार दिन चल्ने कार्यक्रममा विभिन्न फिल्ड तथा ट्रयाकसँग सम्बन्धित खेलकूद गतिविधिहरू हुने विद्यालयले जनाएको छ ।
स्कुलका निर्देशक राजेन्द्र लम्सालको अध्यक्षता रहेको उद्घाटन शत्रमा विद्यार्थीहरूले मार्च पास गरेका थिए । सोही अवसरमा गत वर्ष विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरूबाट छात्रवृत्ति प्राप्त गरेका ९ जना विद्यार्थीहरूलाई अभिनन्दन गरिएको थियो ।
यस्तै, सन् २०२३ को जुन महिनामा लिइएको चार्टर्ड एकाउन्टेन्सीको परीक्षामा हालसम्मकै सर्वाधिक अङ्कका साथ नेपाल प्रथम भएका पूर्व विद्यार्थी शशांक कँडेललाई समेत सम्मान गरिएको थियो ।