भरतपुर, २१ पुस ।
लियो क्लब अफ भरतपुर युथले भरतपुर–१६ स्थित श्री आधारभूत विद्यालय मोहनपुरलाई आठ वटा डस्टबिन वितरण गरेको छ ।
लियो क्लब अफ भरतपुर युथका प्रथम उपाध्यक्ष हवन ढकालको अध्यक्षता रहेको कार्यक्रमको संयोजन संगम पोख्रेलले गरेका थिए । विद्यालयका प्राचार्य कुमार लौडारीले लियो क्लब अफ भरतपुर युथप्रति धन्यवाद प्रकट गर्दै यस्तो सहयोगले विद्यालयको सरसफाईमा सहयोग पुग्ने बताए ।