देवघाटधाम, १५ पुस ।
देवघाटधाम जेसीज वर्ष-२०२४ को अध्यक्ष पदमा जेसी रघु मल्ल चयन भएका छन् । शनिबार भएको शाखाको तेस्रो साधारणसभा तथा दोस्रो शाखा अधिवेशनबाट मल्ल अध्यक्ष पदमा चयन भएका हुन् ।
नमस्ते देवघाट गार्डेन रिसोर्टमा भएको अधिवेशनमा अध्यक्ष पदमा जेसी रघु मल्ल, कार्यकारिणी उपाध्यक्ष पदमा जेसी सुजन गुरुङ र जेसी करिस्मा गुरूङ चयन भएका छन् ।
त्यस्तैगरी उपाध्यक्ष पदमा जेसी सन्दीप पोख्रेल, जेसी स्वस्तिका धिताल, जेसी रक्षा कार्की चयन भए भने निर्देशक पदमा जेसी अजित कुँवर, जेसी प्रद्युम्न प्याकुरेल, जेसी सम्राट अधिकारी र जेसी सुस्मा गुरुङ गरि ११ जना सदस्यीय समिति चयन भएका हुन् ।
सो अधिवेशनमा देवघाटधाम जेसीजका संस्थापक जेसी विकास सापकोटा, देवघाटधाम जेसीजका मातृशाखा गीतानगरमा पूर्वअध्यक्ष र वर्ष २०२४ का अध्यक्षलगायत सहभागी थिए । वर्ष २०२३ का अध्यक्ष जेसी क्षितिज सापकोटाको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको थियोे ।