कावासोती, १४ पुस ।
कावासोती नगरपालिका- २ निवासी लायन्स क्लब अफ चितवन वाङ्मयका अध्यक्ष लायन लीला रानाले मास्टर मित्रसेन थापाको १२८औँ जन्मजयन्ती र आफ्नो जन्मोत्सव पारेर कावासोती नगरपालिका वडा नम्बर- ५ मा रहेको कालिका माविमा १ लाख १ हजार १ सय ५५ रुपैयाँको
स्व.फेन्टाकुमारी, स्व. पहलसिङ पुलामी राना, स्व. वन्टाकी राना अक्षयकोष -२०८०स्थापना गरेकी छन् ।
३५० जना विधार्थी अध्यायन गर्ने उक्त विद्यालयमा ८० प्रतिशत बालबालिका जनजाति समुदायका छन् । विपन्न वर्गका बालबालिका अध्ययन गर्ने विद्यालयमा अक्षयकोष स्थापना गर्न पाउँदा आफूहरु भाग्यमानी रहेको रानाका श्रीमान कर्णेल धनबहादुर मास्की रानाले बताए ।
राना दम्पतीले आफ्नै निवासको सभाहलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल ३२५ आरका प्रथम भाइस डिस्ट्रीक्ट गभर्नर एमजेएफ लायन दिननाथ न्यौपानेले राना दम्पतिले श्रीमानको जन्मदिनको अवसरमा फरक क्षमता भएका विद्यार्थीलाई ल्यापटप वितरण गर्नुभएको र आज श्रीमतीको जन्मदिनमा अक्षयकोष स्थापना गरेर आफ्नो जीवनमा पवित्र कार्य गर्नुभएकोमा शुभकामना दिँदै धन्यवाद दिए । विशिष्ट अतिथि डिस्ट्रीक्ट एक्ज्युकेटिव चिफ एम्जेएफ प्रभाकर पण्डितले राना दम्पतीले पवित्र मनले स्थापना गरेको अक्षयकोषले विद्यार्थी सहयोग कार्यक्रममा अतुलनीय योगदान गरेको बताउँदै रानालाई शुभकामना दिए ।
रानाले शेर-शान्तिमाया थापा स्मृति छात्रवृत्ति अक्षयकोष-२०६९ कुमारवर्ती बहुमुखी क्याम्पस नवलपुर, स्व.लेफटिनेन्ट गौतम गुरुङ सेना मेडल स्मृति छात्रवृत्ति अक्षयकोष २०७३ लुम्बिनी डिग्री कलेज नवलपुर, स्व.सुमित्रा मास्की राना स्मृति तथा कप्तान खड्कबहादुर मास्की राना अक्षयकोष -२०७३ सीताकुण्ड रामपुर पाल्पा, शेर शान्तिमाया थापा स्मृति अक्षयकोष २०७६ श्री गौतमबुद्ध आदर्श शिशुसदन आधारभुत विद्यालय तिलोत्तमा रुपन्देहीमा पनि स्थापना गरेकी छन् ।
अक्षयकोष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन भण्डारी र विद्यालयका प्रधानाध्यापक लेखराज भट्टमार्फत प्रदान गरिएको हो ।
कार्यक्रममा क्ल्स्टर ५ का चिफ एम्जेएफ पुरन थापा मगर, रिजन चियर पर्सन लायन गोविन्द अर्याललगायत ८०जनाको उपस्थिथि रहेको थियो ।
कार्यक्रमको सहजीकरण क्लवका सचिव राजेन्द्र पौडेलले गरेका थिए ।