भरतपुर, १३ पुस ।
भरतपुर महानगरपालिका वडा नम्बर- ११ मा रहेको सिद्धीजनकल्याण आधारभूत विद्यालयमा अध्ययनरत एक सय पच्चीस विद्यार्थीहरुलाई समाजसेवी चन्द्रमा पोख्रेलले न्यानो कपडा वितरण गरेकी छन् । जाडोले समस्यामा परेका विद्यार्थीहरुलाई पोख्रेलले आफ्नो व्यक्तिगत खर्चमा कपडा उपलब्ध गराएकी हुन् ।
विभिन्न सामाजिक कामहरू गर्दै आएकी पोख्रेल कार्यक्रमको विशिष्ट अतिथि रहेकी थिइन् । कपडा वितरण कार्यक्रमको प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर- ११ का वडा अध्यक्ष कमल मल्ल रहेका थिए । उक्त कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक कमला पौडेलले सहयोगी मनहरुलाई विशेष आभार प्रकट गरिन् ।
सामाजिक व्यक्तित्व श्यामानन्द सुवेदी विद्यार्थीका अभिभावक, स्थानीय बासिन्दा तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियोे । कार्यक्रमको समन्वय शिक्षक अगुवा तथा साहित्यकार विपिन पाठकले गरेका थिए । सोही विद्यालयकी शिक्षक कविता बस्नेतले सञ्चालन गरेको उक्त कार्यक्रममा विद्यालयको तर्फबाट समाजसेवी चन्द्रमा पोख्रेललाई सम्मानपत्रसमेत प्रदान गरिएको थियो ।