काठमाडौं, १३ पुस ।
जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई जबरजस्ती करणीको मुद्दामा दोषी ठहर गरेको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले क्रिकेटर लामिछानेलाई शुक्रबार दोषी ठहर गरेको हो ।
उनको सजाय निर्धारण पछि हुनेछ । उक्त प्रयोजनको लागि पुस २५ गतेका लागि पेशी तोकिएको छ ।
गएको वर्ष भदौ ५ गते गौशालास्थित एक होटलमा लगेर नाबालिग बालिका बलात्कार गरेको भन्दै सरकारी वकिलले मुद्दा दायर गरेको थियो ।
आइतबारदेखि यो मुद्दामा निरन्तर बहस भइरहेको थियो ।