भरतपुर, १२ मंसिर ।
भरतपुरस्थित गुरुकुल माविमा गुरुकुल फेस्ट २०८० गरिएको छ । मंसिर ११ र १२ गते दुई दिन गरिएको कार्यक्रमको पहिलो दिन गायन, नृत्य, वक्तृत्वकला र हस्तलेखनका अभ्यास गरिएको थियो । दोस्रो दिन १२ गते गायन, चेस, नाटक, विज्ञान ओलम्पिडका फाइनल र अन्तिममा मग्नेट सोलको कन्सर्ट भएको थियो ।
गुरुकुल इको युथ क्लबले आयोजना गरेको कार्यक्रममा चितवनका विभिन्न विद्यालयबाट विद्यार्थीहरु सहभागी थिए । गुरुकुल इको युथ क्लबले पहिलोपटक आयोजना गरेको कर्यक्रमले विद्यार्थीलाई पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापमा जोड दिने क्लब डाइरेक्टर जेएन लामिछानेको विश्वास छ ।
गुरुकुलको २७औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना भएको कार्यक्रम गुरुकुलका विद्यार्थीले नै संचालन गरेका थिए । कार्यक्रमको दोस्रो दिन गुरुकुल मास्टर सेफ २०८० पनि सम्पन्न भएको व्यवस्थापन दिवा संयोजक सुशील रेग्मीले जानकारी गराए ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष केशवीर श्रेष्ठ, सहप्राचार्य प्रतीक ढकाल, शैक्षिक निर्देशक सिर्जन अविरल तथा विज्ञान कार्यक्रम संयोजक सुशील रेग्मी र हरिहर भुसालले विजयी विद्यार्थीलाई मेडल र पुरस्कार प्रदान गरेका थिए ।