भरतपुर, ११ मंसिर ।
भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गरि राप्ती नदी किनारमा सरसफाइ गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २७ र २८ मा रहेका दुई पर्यटन विकास समितिहरु मेघौली पर्यटन विकास समिति र चितवन–गोलाघाट पर्यटन विकास समितिको संयुक्त आयोजनामा राप्ती नदीको तटिय क्षेत्रमा वृहत सरसफाई कार्यक्रम गरिएको हो ।
वडा नम्बर २७ का वडाध्यक्ष रामबहादुर भण्डारी र २८ का वडाध्यक्ष डण्डपाणि रिजालले संयुक्तरुपमा कार्यक्रमको उद्घाटन गरेका हुन् ।
मेघौली पर्यटन विकास समितिका सचिव तीर्थराज सापकोटाले संचालन गरेको कार्यक्रममा मेघौली पर्यटन विकास समितिका अध्यक्ष मोतीप्रसाद भुसाल (राजु) र चितवन-गोलाघाट पर्यटन विकास समितिका अध्यक्ष तेलबहादुर कुमाल (विशाल) को समेत उपस्थिति रहेको उक्त कार्यक्रममा मेघौली पर्यटन विकास समितिका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले कार्यक्रमको औचित्य, महत्व र प्रभावबारे प्रकाश पारेका थिए । कार्यक्रमको समापन मन्तव्य चितवन-गोलाघाट पर्यटन विकास समितिका सचिव सन्देश चापागाईले राखेका थिए ।