भरतपुर, २५ कात्तिक ।
अनाथ बालबालिकाको लागि सहयोग संकलन गर्न चिट्ठा खुलाइएको छ । लायन्स क्लब अफ नारायणगढ गोल्डेन लेडीज र लायन्स क्लब अफ चितवन साइनिङ लेडीजले संयुक्तरूपमा चिट्ठा खुलाएको हो ।
रु १०० दरका १ हजार ५ सय वटा चिट्ठा बेचेर कात्तिक २४ गते धनतेरसका दिन चिट्ठाको नतिजा सार्वजनिक गरिएको थियो । सहयोगार्थ चिट्ठामा श्रीया परियार प्रथम, समर्पण न्यौपाने द्वितीय र राजन कार्की तृतीय भएका छन् ।
त्यसैगरी सान्त्वनातर्फको पुरस्कार सर्वाङ्ग श्रेष्ठ, रिहान मिया, सवल पिया, साहिल सुनार, प्रिसा रेग्मी केसी, राजु शर्मा, सोनिश तामाङ, दिनेश मगर र निला श्रेष्ठले प्राप्त गरेका छन् ।
प्रथम हुनेले २५ हजार रुपैयाँ बराबरको चाँदीको गणेश लक्ष्मी मुर्ति, द्वितीयले २० हजार बराबरको चाँदीको टीकादानी, तृतीयले १५ हजार बराबरको चाँदीको करुवा र सान्त्वना हुने १० जनालाई चाँदीको सिक्का दिइएको थियो । चिठ्ठाबाट संकलन गरिएको रकम चितवनको अनाथालयलाई दिइने लायन्स क्लब अब नारायणगढ गोल्डेन लेडीजकी सचिव सुमी सिंहले जानकारी दिइन् ।