भरतपुर, २४ कात्तिक ।
तिहारको पुर्व सन्ध्यामा अर्किड स्कुल भरतपुरले अन्तरस्कुल प्रतियोगितात्मक देउसीभैलो कार्यक्रम सम्पन्न गरेको छ ।
प्रतियोगितामा ॐ शान्ति एकडेमी प्रथम, स्काइराइडर स्कुल द्वितीय र ग्रीनल्याण्ड पब्लिक स्कुल तृतीय भएका छन् । कुल १४ समूह समाबेश उक्त कार्यक्रमको उद्घघाटन विद्यालय निर्देशक गोपाल पराजुलीले गरेका थिए ।
अर्किड स्कुलका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम खनालले अध्यक्षता गरेको कार्यक्रममा बोल्दै खनालले विद्यार्थीको प्रतिभा उन्नयन र संस्कृति संरक्षणमा यस्ता प्रतियोगिता आवश्यक रहेको बताए ।
रेडियोकर्मी एवम शिक्षक मनोज पन्तले संचालन गरेको कार्यक्रममा प्रतीक्षा श्रेष्ठ, जिबि सुनार र अनामिका मल्ल निर्णायक थिए । अर्किड स्कुलले आफू आयोजक रहेको कार्यक्रमलाई थप रचनात्मक बनाउन प्रतियोगी नरहने गरी उद्घोषण संगै विद्यालयका विद्यार्थीहरूले अनौपचारिक नृत्य र गायन प्रस्तुत गरेका थिए ।