काठमाडौं, २२ कात्तिक ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले जाजरकोट भुकम्पका घाइतेहरुलाई भेटेका छन् । मन्त्री जोशीले शिक्षण अस्पताल काठमाडौंमा पुगेर घाइतेहरुलाई भेटेका हुन् ।
मन्त्री जोशीसँगै सांसद प्रदीप पौडेलले पनि घाइतेहरुलाई भेटेका हुन् । जोशी र पौडेलले घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । अस्पतालको कार्यकारी निर्देशक दिनेश काफ्लेले घाइतेहरुका अवस्थाबारे मन्त्री जोशीलाई जानकारी दिएका थिए ।
मन्त्री जोशीले सरकारको तर्फबाट उपचारमा कुनै कमी हुन नदिने बताए । घाइतेहरु डिस्चार्ज भएपछि पुनः फलोअपका लागि आउन पर्ने भएकोले उनीहरुलाई काठमाडौंमै केही समय व्यवस्थापन गर्न सक्ने सम्भावनाबारे संघीय सरकारसँग छलफल गर्ने बताए । कार्तिक १७ गते राति ११ः४७ को समयमा जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पका घाइतेमध्ये केहीको शिक्षण अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।