एजेन्सी । संयुक्त राष्ट्र संघले गाजाका अस्पतालहरूमा अब २४ घण्टालाई मात्रै पुग्ने इन्धन रहेकोमा गम्भीर चिन्ता जनाएको छ ।
“ब्याकअप जेनेरेटरहरू बन्द हुँदा हजारौं बिरामीहरूको जीवन जोखिममा पर्नेछ, त्यसपछिको अवस्था हामी कल्पना पनि गर्न सक्दैनौँ”, संयुक्त राष्ट्रसंघ मानवीय कार्यालयले आफ्नो वेबसाइटमा भनेको छ ।
धेरै सहायता एजेन्सीहरूले इन्धन र पानी सहित मानवीय सहायता प्रदान गर्न गाजामा पहुँचको लागि आह्वान गरेका छन् ।
गाजामा डक्टर्स विदाउट बोर्डर्सबाट काम गर्ने बेलायती-प्यालेस्टिनी शल्यचिकित्सक घसान अबु सिट्टाले चेतावनी दिए कि उनको अस्पतालका कर्मचारीहरूसँग अब मानिसहरूलाई मद्दत गर्न पर्याप्त उपकरण छैनन् ।
इजरायलले गाजामा इन्धन, खाना र पानी समेतमा नाकाबन्दी लगाएको छ । गाजामा २५ सय जना भन्दा धेरै मारिएका छन् । अस्तालहरूको अवस्था हेर्नै नसकिनेगरी पीडादायी अवस्थामा छ ।
कयौँ घाइते छट्पटिएका तर उपकरण, औषधि र डाक्टरको अभावमा उपचार भएको छैन । गर्भवति र सुत्केरीले समेत खाना र पानी पाएका छैनन् ।