भरतपुर, १७ असोज ।
नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्थाले १५औं वार्षिक साधारणसभाको मिति सार्वजनिक गरेको छ । असोज ६ गते बसेको संचालक समितिको बैठकले आगामी कात्तिक १८ गते संस्थाको १५औं बार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । उक्त कार्यक्रममा आफ्ना शेयर सदस्यलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार दिने योजना सार्वजनिक गरेको संस्थाका सचिव रामकृष्ण पौडेलले जानकारी दिए ।
जसअन्तर्गत पुरस्कृततर्फ ६ वटा बचत शीर्षकमा ६ जना नियमित मासिक बचत गर्ने शेयर सदस्य, उत्कृष्ट व्यवसायसहित कारोवार गर्ने युवा स्वरोजगार व्यवसायी १३ जना, बिनाधितो तथा बचत जमानीतर्फ १ जना, धितो जमानीतर्फ २ जना, शेयर सदस्यहरुमध्येबाट संस्थामा आबद्ध जेष्ठ शेयर सदस्य (महिला, पुरुष) २ जना, संस्थामा कार्यरत उत्कृष्ट कर्मचारी सम्मानमा १ जना कर्मचारी, संस्थामा सबैभन्दा धेरै सदस्य विस्तार गर्ने १ जना सदस्य र आव ०७९/०८० मा सामुदायिक विद्यालय तथा निजी विद्यालयबाट एसईईमा सर्वोत्कृष्ट अंक ल्याएर पास हुने सेयर सदस्यका २/२ जना छात्रछात्रा गरी जम्मा २९ जनालाई सम्मान तथा पुरस्कृत गरिने संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाले बताए ।
कार्यक्रम भरतपुर -५ स्थित श्री कैलाशनगर माविमा हुने बताइएको छ ।