भरतपुर, १३ असोज ।
भरतपुर महानगरपालिकाले आयोजना गरेको विज्ञान प्रदर्शनीमा नारायणी नमुना माध्यमिक विद्यालय भरतपुर प्रथम भएको छ । भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले शनिबार बिहान सोही विद्यालयमा विद्यालय स्तरीय विज्ञान प्रदर्शनी आयोजना गरेको गरेको थियो । प्रदर्शनीमा महानगरका ९ सामुदायिक र ७ संस्थागत गरी १७ वटा विद्यालय सहभागी थिए ।
प्रदर्शनीमा नेपाल पुलिस स्कुल शान्तिपुर द्वितीय र नयाँ किरण कमल कुसुम माध्यमिक विद्यालय तृतीय भएका छन् । विद्यार्थीले विज्ञान संकायका विभिन्न श्रेणीमा आधारित रहेर निर्माण गरेका सामग्री प्रदर्शनीमा राखिएको थियो । पुरस्कृत सबैलाई आगामी असोज १८ गते शिक्षा दिवसका दिन पुरस्कार प्रदान गरिने नगर शिक्षा अधिकारी महेन्द्र पौड्यालले बताए ।