भरतपुर, ९ असोज ।
धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट अध्यक्ष पदमा लालबहादुर विश्वकर्मा चयन भएका छन् ।
मञ्चको सोमबार सम्पन्न चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट विश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
विश्वकर्माको अध्यक्षतामा दुई वर्षे कार्यकालका लागि समितिको उपाध्यक्षहरूमा उत्सव खाती विक, जुना सुनार, महासचिवमा राजु विश्वकर्मा, कोषाध्यक्षमा जीवन विश्वकर्मा, सचिवमा गंगा रामदाम सुनार, सह-कोषाध्यक्षमा लक्ष्मण विश्वकर्मा, कार्यसमिति सदस्यहरुमा डम्बरध्वज विश्वकर्मा, कुशल विश्वकर्मा, आशिष रामदाम, प्रेमबहादुर घिमिरे, रामबहादुर सुनार, विशाल सेन्चुरी, रुपलाल सुनार, आशा रामदाम, टकबहादुर विश्वकर्मा र गुनबहादुर रामदाम विक चयन भएका छन् ।
विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालका केन्द्रीय संयोजक अर्जुन रसाईली सुनारको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हङकङ विश्वकर्मा वेलफेयर सोसाइटी तदर्थ समितिका अध्यक्ष पिताम्बर घमाल, विश्वकर्मा कलाकार नेपालका केन्द्रीय उपाध्यक्ष राजन भूजेल विश्वकर्मा र गैरसरकारी संस्था महासंघका केन्द्रीय प्रशिक्षण विभाग सदस्य कमल कुमार विश्वकर्माको विशिष्ट आतिथ्यता रहेको थियो ।
साधारणसभामा मञ्चको परिकल्पनाकारहरू दलप्रसाद विश्वकर्मा, अर्जुन रसाईली सुनार, टेकबहादुर विश्वकर्मा, टुलकप्रसाद विश्वकर्मा, त्रिलोक भिके रामदाम, हेमबहादुर विश्वकर्मा, भीमप्रसाद विक, अमिर रामदामलाई सम्मानार्थ आजीवन सदस्यता प्रदान गरिएको थियो ।
साधारणसभामा मञ्चको मुखपत्र हातेमालो सन्देश स्मारिकाको चौथो संस्करण विमोचन गरिएको थियो ।
साधारणसभामा महासचिव अमिर रामदामद्वारा प्रस्तुत महासचिवको प्रगति प्रतिवेदन, कोषाध्यक्ष जुना सुनारद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत रूपले पारित तथा अनुमोदन भएको थियो ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका संयोजक टुलकप्रसाद विश्वकर्माले सपथ ग्रहणसँगै प्रमाणपत्र प्रदान गरेका थिए । निर्वाचन समितिका सदस्यहरु दधीराम रामदाम, धनकुमारी, सल्लाहकार बाबुराम विश्वकर्माले खादा, माला तथा टीका प्रदान गरेका थिए ।
साधारणसभाले मञ्चको विनियम-२०८० सर्वसम्मत रूपले पारित तथा अनुमोदन गरेको छ । साधारणसभा मञ्चका अध्यक्ष भीमप्रसाद विकको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव अमिर रामदामले गरेका थिए ।
साधारणसभा सम्पन्न गर्दै ७ बुँदे घोषणापत्र जारी गरिएको छ ।