काठमाडौं, ५ असोज ।
युरोपको इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नजिकिँदै गरेको दशैँ तिहारजस्ता चाडपर्वलाई लक्षित गर्दै विशेष योजना ल्याएको छ । ‘बेकोको सौगात, सम्बन्ध प्रगाढ’ नामक यो योजना भदौ २७ सीमित अवधिका लागि लागू भएको आधिकारिक विक्रेता सीजी ईओएलले जनाएको छ ।
कम्पनीका अनुसार योजना अन्तर्गत बेको ब्राण्डका कुनै पनि सामान खरिद गर्नेलाई आकर्षक उपहार प्रदान गरिने छ । ‘जसअनुसार वासिङ मेसिन र वासर ड्रायरको खरिदमा ६ केजीको एरियल म्याटिक वासिङ पाउडर उपहार दिइनेछ’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘डिसवासरको खरिदमा २ प्याकेट फोर्चुन डिसवासर ट्याब्लेट उपहार दिइनेछ भने सिङ्गल डोर रेफ्रिजेरेटरमा चोप्पर, डबल डोर रेफ्रिजेरेटरमा इलेक्ट्रिक किट्ली र मल्टी डोर रेफ्रिजेरेटरमा इलेक्ट्रिक प्रेसर कुकर उपहार दिइनेछ ।’
त्यस्तै फ्री स्टान्डिङ ओभन खरिद गर्नेलाई प्रेसर कुकर र एयर कन्डिसनरको खरिदमा नि:शुल्क जडान सुविधा दिइने सीजीले जनाएको छ । कम्पनीका अनुसार समान खरिद गर्नेका लागि फ्री डेलिभरी, फ्री जडान सुविधा पनि प्रदान गरिएको छ । शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा, पुराना भएका सामान फेरबदल गरी नयाँ सामान लैजाने ग्राहकका लागि एक्सचेन्ज सुविधा र चाडपर्वको अवसरमा सामान खरिद गर्नेलाई ललितपुर स्थित होटल भिवान्तमा २५ प्रतिशतसम्म छुट सुविधा रहने कम्पनीले जनाएको छ ।