गैंडाकोट, १ असोज ।
मौलाकाली केबुलकारले आफ्नो टिकटमा ५० प्रतिशत छुट सहित नयाँ अफर ल्याएको छ । असोज महिनाभरका लागि यो अफर ल्याएको कम्पनीले जनाएको छ ।
यसअघि गत साउनदेखि संचालित इभिनिङ अफरलाई परिस्कृत गर्दै बुधबार दिनभरका लागि नै टिकटमा ५० प्रतिशत छुट सहितको अफर ल्याइएको केबुलकारका स्टेशन मेनेजर सुरज पौडेलले बताए ।
ईभिनिङ अफरप्रति आम यात्रुले दर्शाएको सद्भाव र प्रतिक्रियास्वरूप यो अफर ल्याइएको र यस अफरबाट अझ धेरै यात्रु तथा भक्तजन लाभान्वित हुने विश्वास लिएको पौडेलले बताए ।
हाल केबुलकारको दुईतर्फी साधारण टिकट मूल्य ५५० रुपैयाँ कायम छ । यस अफर अन्तर्गत अब यात्रुहरुले २७५ रुपैयाँ मै केबुलकारको दुईतर्फी यात्रा गर्न पाउनेछन् । यसैबीच गत आइतबारदेखि शुरु भएको केबुलकारको नियमित मर्मतसम्भार कार्य पनि सकिएको कम्पनीले जनाएको छ । मर्मतसम्भार सकिएपछि अब असोज १ गतेदेखि केबुलकार पूर्ववत: समयतालिका अनुसार नै संचालन हुने पौडेलले बताए । जसअनुसार केबुलकार हरेक दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म संचालन हुनेछ भने शनिबार र बिदाका दिनमा बिहान ५ः३० बजेदेखि संचालन हुनेछ ।