काठमाडौँ, २१ भदौ ।
काठमाडौँ महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचाररत रिजालको निधन भएको हो ।
रिजाल डेंगु संक्रमित भएर पाँच दिनअघि अस्पताल भर्ना भएको परिवार स्रोतले जानकारी दिएको छ । उनलाई डेंगु र निमोनिया एकसाथ देखिएको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेको रिजालको फोक्सोमा समस्या देखिएको थियो ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले उनको रिजालको मृत्यु भएको जानकारी दिए ।
मानन्धरले रिजालको शवलाई राष्ट्रिय सभागृहमा बिहान ११ बजे श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको जानकारी दिए।
उनी नेपाली कांग्रेस क्षेत्रनम्बर ७ का सभापतिसमेत हुन् ।