भरतपुर, १९ भदौ ।
रेडक्रस शिक्षक नायक हरिराम रेग्मीको संयोजनमा जुनियर रेड्क्रस सर्कल अर्किड स्कुलद्वारा भरतपुर अस्पतालका विभिन्न वडामा भर्ना गरिएका विरामीहरुलाई फलफुल र जुस वितरण गरिएको छ ।
कलिला विद्यार्थीको सेवामुलक कार्यले मानवीय सेवालाई प्राथमिकता दिइने संस्कारको विकास हुने संयोजक रेग्मीले अपेक्षा गरे ।
यसैगरी ६१औँ नेपाल रेडक्रस स्थापना दिवसको दिन अर्किड स्कुल अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रतीक्षा श्रेष्ठले कक्षा ४ देखि १० सम्म अध्ययनरत विद्यार्थीलाई `मनैदेखि सेवा´ लेखिएको ब्याच वितरण गर्दै रेडक्रसको स्थापना र उद्देश्य बारेमा जानकारी दिएकी थिइन् ।
रेडक्रस स्थापना दिवसको दिन विद्यालय परिसरभित्र सरसफाइ कार्यक्रमसहित चेतनामूलक वृतचित्र पनि देखाइएको थियो ।