भरतपुर, १७ भदौ ।
वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरमा अध्ययनरत विद्यार्थीहरुको समूह ‘वीएमसी एकाडेमिक सर्कल’ले खुला कविता प्रतियोगिता गरेको छ । स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुका माझमा खुल्ला कविता प्रतियोगिता गरिएको हो ।
सर्कलले इमेलमार्फत् कविता आव्हान गरेकोमा १५ जना सहभागीले उपस्थिति जनाएका थिए । प्रतियोगितामा ‘के चाहियो हामीलाई ?’ शीर्षकमा कविता लेखेका केबराज थापा क्षेत्री
प्रथम भएका थिए भने ‘विचरा कुर्सी’ शीर्षकमा कविता सुनाएकी सिर्जना पौडेल द्वितीय भएकी थिइन् । त्यस्तै ‘म शिक्षित अनपढ’ शीर्षकमा कविता सुनाएका ध्रुव सञ्ज्याल तृतीय भएका थिए ।
प्रतियोगितामा प्रमुख अतिथि क्याम्पस प्रमुख प्रा. दयाराम पौडेल थिए भने निर्णायकहरुमा उपप्राध्यापक रमेश प्रभात र प्रभा मरहट्ठा बसेका थिए । कार्यक्रमको सभापतित्व सर्कलका अध्यक्ष विनोद सुवेदीले गरेका थिए भने सञ्चालन सचिव विक्रम न्यौपानेले गरेका थिए । क्याम्पसको सभाहलमा सञ्चालन गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरुको व्यापक सहभागिता थियो ।