भरतपुर, ६ भदौ ।
भारतले पठाएको यान चन्द्रामा पुगेको छ । बुधबार साँझ भारतले पठाएको चन्द्रयान-३ को रोभर चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण भएको हो ।
नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रयानबाट ल्यान्डर चन्द्रमाको सतहमा पुगेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले जनाएको छ ।
इसरोले ल्यान्डर अवतरणको भिडिओ लाइभ गरेको थियो । जुलाई १४ मा चन्द्रयान-३ प्रक्षेपण भएको थियो । चन्द्रयान-३ मा अर्बिटर, ल्यान्डर र रोभर गरी तीन महत्वपूर्ण भाग छन् । ल्यान्डरको नाम विक्रम राखिएको छ ।
इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) का संस्थापक विक्रम साराबाईको नाममा ल्यान्डरको नाम राखिएको हो । विक्रमले बोकेको रोभरको नाम प्रज्ञान राखिएको छ । प्रज्ञानको तौल २६ किलो छ ।