दक्षिण कोरिया
उत्तर कोरियासँग बढेको तनावको बीचमा दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका लगायत ९ राष्ट्रले प्रमुख संयुक्त सैन्य अभ्यास सोमबारदेखि दक्षिणकोरियामा शुरु गरेका छन् । ११ दिनसम्म चल्ने अभ्यासमा दक्षिण कोरियास्थित अमेरिकी फोर्सका अनुसार दक्षिण कोरिया र अमेरिकी सहभागीहरू बाहेक, संयुक्त राष्ट्र कमाण्ड (युएनसी) का नौ सदस्य राष्ट्र अष्ट्रेलिया, क्यानडा, फ्रान्स, बेलायत, ग्रीस, इटाली, न्युजिल्यान्ड, फिलिपिन्स र थाइल्याण्ड रहेका छन् । उत्तर कोरियाले लामो समयदेखि दक्षिण कोरिया र उसका सहयोगीहरूको सैन्य अभ्यासलाई यसको बिरूद्ध आक्रमणको लागि पूर्वाभ्यास भएको आरोप लगाएको छ । उत्तर कोरियाली नेता किमले हालै देशको क्षेप्यास्त्र उत्पादन क्षमतामा कडा बढावाको लागि आह्वान गरेको र आक्रामक तरिकामा युद्ध आकस्मिक तयारी स्वरूप अभ्यासको विरोधमा युद्धपोतबाट क्रुज मिसाइल परीक्षणको निरीक्षण गरेको उत्तर कोरियाली समाचार संस्थाले जनाएको छ ।
यसै बीच अगष्टको अन्तिम साता अन्तरिक्षमा उपग्रह प्रक्षेपण गर्ने आफ्नो चाहना जापानी तट रक्षकलाई उत्तर कोरियाले सुचित गरेको जापानी तटरक्षकलाई उधृत गर्दै जापानी सञ्चारमाध्यमले जनाएका छन् ।