एजेन्सी । पाकिस्तानका राष्ट्रपति डा आरिफ अल्वीले सोमबार अनवारुल हक काकरलाई पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीको रूपमा सपथ ग्रहण गराएका छन् ।
सपथ ग्रहण समारोहमा निवर्तमान प्रधानमन्त्री शहबाज शरीफ, सभामुख राजा परवेज शरीफलगायत धेरै नेताहरू सहभागी थिए । काकर देशको आठौं कार्यवाहक प्रधानमन्त्री र इतिहासमा अहिलेसम्मकै कान्छो कार्यवाहक प्रधानमन्त्री हुन् ।
उनले निर्वाचन नभएसम्म कामचलाउ सरकारको नेतृत्व गर्नेछन् । उनी बलुचिस्तानका पश्तूनहरूको प्रसिद्ध काकर जनजातिका हुन् ।