कमल नाथ पौडेल
सन २०२५ भित्र नेपाल अल्पविकसित राष्ट्रवाट स्तरोन्नति भई विकाशशिल राष्ट्रको समुहमा पुग्ने संयुक्तराष्ट्र संघको एक प्रतिवेदनले जनाएको थियो | अल्पविकसित मुलुक विकसशिलमा स्तरोन्नति हुने महत्वपूर्ण सूचक प्रतिब्यक्ति आय हो |
नेपाललाई अल्पविकसित मुलुकवाट विकासशिलमा स्तरोन्नति गर्नको लागि संविधान संसोधन भयो | तर, यस्तो अल्पविकसित राष्ट्रको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा नातावाद, कृपावाद र परिवारवादका साथसाथै राजनितिमा व्यापारीकरण, गुन्डागर्दी र आर्थिक चलखेल हुनु कति सम्म उपयुक्त होला | लोकतन्त्रमा निति र विधिको शासन चल्नु पर्ने होइन र ? देश विकास हुनुको सट्टा जहानिया राणा प्रबृतिको विकास भईरहेको छ | देशमा अधिनायकवादी शासन चलिरहेको छ | पार्टीमा भ्रष्टाचार मौलाउँदै गईरहेको छ | नेताहरू सुकिला, मुकिला र चिल्ला गाडी प्रयोगका लागि लालायित भएका छन | पार्टीको नाममा चन्दा संकलन गर्ने र अपारदर्शिकरूपमा चन्दा उठाउने काम भईरहेको छ | यसरी चुनावमा करोडौं रुपयाँ चन्दा दिने ब्यक्तिले भोली साँवा र ब्याज नअसुली छोड्ला र ? के यो एउटा ज्वलन्त भ्रष्टाचारको उदाहारण होइन र ? अख्तियार दुरुपयोग आयोग यसमा मौन देखिएको छ |
यहाँ विना लगानि र निस्वार्थ भावना राख्ने नेताले चुनाव जित्न नसक्ने अवस्था छ | व्यक्तिगत आर्थिक स्वार्थवाट राजनीति चलेको छ | राजनीति अन्योल ,अस्तव्यस्त, र अराजकतामा गुज्रिरहेको छ | देश बेथिति तिर लम्कदै छ | देशको अर्थव्यवस्था कमजोर हुदै गईरहेको छ | देशमा विकास चाहिं गोरु ब्याउला र वेगौती खाऊँला जस्तो भईसक्यो | माल पाएर चाल नपाएको भन्ने उखान जस्तै भएको छ | देशका ठूला पार्टीहरु मरेपछि ओखती गर्ने जस्ता संस्कार बोकेका छन | ती ठूला पार्टीहरू कहिल्यै नसुध्रिने भए भन्ने कुरा पटक पटक सावित गरेर आफैले देखाई सकेका छन | “गधालाई नुहाएर गाई कहिल्यै पनि हुन सक्दैन” भन्ने जस्तै उखान आज ठूला पार्टीले चरितार्थ गरेका छन | सत्ताका लागि जे जस्तो सुकै अलोकप्रिय कामहरु गर्न पछि नहट्ने यस्ता नेताहरूलाई अझै पनि हाम्रा बुद्दिजीवी, समाजसेवी र सर्वसाधारण सुध्रिन्छन कि भनि आश गरिरहेका छन | तर, पार्टीको दर्शन र विचार विपरित पार्टीहरुनै लागि परेका छन |
अव जनताले मतदान गर्दा राम्रोसंग आफ्नो विवेक प्रयोग गर्नु पर्ने देखिन्छ | किनकि दैलो दैलोमा गई नेताहरूले पैचो मागेका उधारा वचनहरू अव ब्यवहारमा सिद्द गर्नु पर्ने समय आएको छ | नत्रभने उधारोमै अनि अन्धकारमै बस्नुपर्ने बाध्यता सिर्जना नहोला भन्न सकिदैन | हामीले जन्माएको कलिलो संविधान संकटमा छ | यसलाई राम्रोसंग पालन पोषण गर्ने र कति दीर्घजिवी वनाउने काम तपाई हाम्रो काँधमा छ | जनतालाई विश्वास गर्ने र कामलाई महत्व दिने नेतालाई अमूल्य भोट दिनुपर्छ तर, प्रचारवाजी, झुटा कुरा र ढ़ोंगि चरित्र भएकालाई वहिस्कार गर्न सक्नुपर्छ | सामाजिक न्याय निष्ठा र निरन्तरता राजनितिमा अत्यन्तै महत्वपूर्ण छ | सामाजिक न्याय पक्षमा हुने र राष्ट्रिय अडान राख्न सक्ने ब्यक्तिको छनोट गरिनु पर्छ | केही नेताहरू राज्य र जनता प्रति अपराध र घात गर्दैछन | जनता प्रति समर्पितलाई यो देशमा कुनै ठाउँनै छैन | गलामा माला र हातमा टिकट थाप्ने काम मात्र भईरहेको छ | नेपाल अहिले सम्म वहसै वहसको देश भएको छ | यदि विचारमा परिवर्तन भएन भने यो देशमा परिवर्तन हुन सक्दैन | यो देश प्रयोगशाला र शक्ति केन्द्रको एजेन्ट वन्ने छ | हामी यस्तै दासत्व प्रथालाई सधै स्वकार गरिरहनेकी परिवर्तन चाहने विचार गर्नुपर्छ | यदि हामीले चाहेको परिवर्तन स्थापित गराउने हो भने परिवर्तन चाहने र दूरदर्शी नेतालाई जीताएमा समुन्नत राष्ट्र निर्माण हुन सक्छ | प्रत्येक जनताले आ-आफ्नो छातीमा हात राखी देशको माटोको टिका लगाई संकल्प लिनु पर्छ, तव मात्र देशले मुहार फेर्ने छ |
बेथिति ,विसंगति र चुनाव
बेथिति ,विसंगति र चुनाव
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस