२९ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी फिर्ता लिएर माओवादीमा फर्किन डा. बाबुराम भट्टराईलाई आग्रह गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीका साथ आफ्ना उम्मेदवार नारायणकाजी श्रेष्ठलाई भोट माग्न गोरखामा गएका प्रचण्डले भच्चेकमा भएको कार्यक्रममा बाबुराम भट्टराईलाई उम्मदेवारी फिर्ता लिन आग्रह गरे ।
भट्टराईले ज्ञान भएको बुद्धि नभएको मान्छे भन्दै प्रचण्डले भट्टराई घर न घाटको हुन लागेको टिप्पणी गरे ।