१ जेठ , भरतपुर ।
बढी चासोको साथ लिइएको भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । निर्वाचन सम्बन्धि नियम अनुसार दलहरु र प्रमुख निर्वाचन अधिकृतका वीचमा सहमति भयपछी मतगणना सुरु भयको कायाकैरनकर्मी बिप्लब काफ्लेले जानकारी दिए । उनका अनुसार मेयर पदमा कांग्रेस र माओवादी केन्द्रको दुबै चिन्हमा परेका मत बदर गर्ने सहमतिपछि मतदान सुरु हुने भएको हो।
शिलबन्दी गरेर र उठाइएको मुचुल्का अनुसार मतपत्र गन्ने कि, मतपेटिकामा भएको सबै मत गन्ने भन्ने विषयमा दलहरु र मतदान अधिकृत विच सहमति जुटन नसके पछि मतगणना अनिश्चित हुन पुगेको थियोे । भरतपुर महानगरपालिकामा कुल १ लाख ५० हजार २ सय ७४ मतदाता मध्ये १ लाख १२ हजार मत खसेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरिप्रसाद ढकालले कायाकैरनलाई जानकारी दिए ।