भरतपुर, १३ वैशाख ।
संघीय संसद्मा नेपाली कांग्रेसको एक सिट घटेको छ । वैशाख १० गते सम्पन्न उपनिर्वाचनको परिणामले कांग्रेसको एउटा सिट घटेको हो ।
यसअघि विजयी हासिल गरेको तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले जित हासिल गरे पछि कांग्रेसको सिट गुमेको हो । सो जितसँगै रास्वपाले संघीय संसद्मा एक सिट बढाएको छ ।
रास्वपाको सिट बढेर २१ पुगेको छ, ८९ बाट १ घटेर ८८ मा सिमित हुन पुगेको छ ।