भरतपुर, ११ वैशाख ।
चितवन-२ को मतगणना तयारीको लागि बसेको सर्वदलीय बैठक भर्खरै सकिएको छ । बैठकले चितवन-२ को मतगणना दिउँसो १ बजेबाट गर्ने निर्णय गरेको मतगणनास्थल चितवन उद्योग संघमा रहेका कायाकैरनकर्मी अविरल यात्रीले बताए ।
मतगणनाको सहमतिका लागि बैठक बसेको हो । चितवन–२ मा कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत उम्मेदवार छन् ।
यहाँ दलहरूको विवादको कारण मतगणना सुरु हुन सकेको थिएन । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेविरुद्ध आचारसंहिता उल्लंघनको घटना छानबिन नभई मतगणना नगर्ने नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारको अडानका कारण मतगणनामा ढिलाइ भएको हो । अहिले यस विषयमा सहमति जुटेको भनिएको छ ।